प्रधानमन्त्रीले भने नेपाल बैंकसँग ढुक्कले कारोवार गर्नोस् « Arthapath.com
२४ असार २०८२, मंगलबार

प्रधानमन्त्रीले भने नेपाल बैंकसँग ढुक्कले कारोवार गर्नोस्



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पहिलो बैंक नेपाल बैंकसँग ढुक्कले कारोवार गर्न आग्रह गरेका छन । आइतबार प्रधानमन्त्रीले ओलीले आफ्नो जन्मस्थान तेह्रथुम जिल्लाको आठराई पुगेर नेपाल बैंकको आठराई साखा उद्घाटन गर्दै सो कुरा बताएका हुन ।

प्रधानमन्त्रीले सरकारकोसमेत लगानी रहेको नेपाल बैंकको द्वन्दकालमा विस्थापित भएको आठराई साखाको कारोवार सुभारम्भ गरेका नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीले अर्थपथलाई बताए । प्रधानमन्त्री आइतबार दिउसो आफ्नो ६९ औँ जन्मोत्सव मनाउन आठराई गाउँपालिका वडा नं ४ इवास्थित आफ्नो जन्मघरमा पुगेका थिए ।

आठराई–१, सङ्कान्ति बजारमा स्थापना गरिएको नेपाल बैंक लिमिटेडको १७७ औँ शाखा हो । साखा उद्घाटन समारोहमा पुर्व सभामुख एवम् नेकपा संसदिय दलका उपनेता सुवास नेम्वाङ, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोट, बैंकका अध्यक्ष अधिकारी सिईओ कृष्णबहादुर अधिकारी लगायत स्थानियको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई संबोधन गर्दै डेपुटी गभर्नर सिवाकोटीले नेपाल बैंकमा कारोवार गर्दा निक्षेपको शुरक्षा एवम् कर्जामा सहुलियत रहेको बताए ।

तस्विर : आश्विनकुमार पुडासैनीको फेसबुकबाट


प्रतिक्रिया दिनुहोस्