सिटिजन्स बैंकद्वारा ५० हजार आर्थिक सहयोग « Arthapath.com
१५ फाल्गुन २०७६, बिहीबार

सिटिजन्स बैंकद्वारा ५० हजार आर्थिक सहयोग



काठमाडौं । सिटिजन्स बैंकले म्याग्दी बेनी नगरपालिका ५ मा रहेको पौलस्त्य माध्यमिक विद्यालयलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरिएको छ । विद्यालयमा अध्ययन र अध्यापन गर्दै आएका करिव २५० जनालाई शुद्ध खानेपानीको व्यवस्था गर्न उक्त सहयोग रकम प्रदान गरिएको हो । उक्त रकमबाट शुद्ध खानेपानीको लागि आवश्यक पूर्वाधार निर्माण गरिने कुरा विद्यालय प्रशासनले जनाएको छ ।

शुद्ध खानेपानीको अभावमा पठन पाठनमा भई रहेको अवरोधलाई अन्त्य गर्न यस किसिमको सहयोगले टेवा पुग्ने विश्वास बैंकले लिएको छ । लामो समयदेखि दिर्घकालीन रुपमा खानेपानीको व्यवस्था नहुदा शुद्ध पिउने पानी पिउनबाट बञ्चित रहेका विद्यार्थीहरु यस किसिमको सहयोगबाट शारिरिक र मानसिक रूपमा स्वस्थ भई पठनपाठनमा समेत सक्रिय रहने अवस्थाको सृजना हुने कुरा बैंकले जनाएको छ ।

सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका जनजाती, दलित र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको मनोवल थप उच्च हुने कुरा विद्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्