सन्राइज बैंकको खोकनामा एक्सटेन्सन काउण्टर शुरु « Arthapath.com
१८ फाल्गुन २०७६, आईतवार

सन्राइज बैंकको खोकनामा एक्सटेन्सन काउण्टर शुरु



काठमाडौं । सन्राइज बैंकले ललितपुरको खोकनामा ९ औँ एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ । आइतबार औपचारिक कार्यक्रमको आयोजना गरि ललितपुर महानगरपालिकाका वडा नं २१ का अध्यक्ष रबिन्द« मर्हजन र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रुपमा उद्घाटन गरे ।

बैंकले सर्वसाधारण र उद्यमीलाई निक्षेप संकलन तथा रकम भुक्तानी लगायत सेवा दिने उद्देश्यले एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको जनाएको छ ।

हालसम्म बैंकको शाखा संख्या १३० वटा पुगेको छ । साथै बैंकले नेपाल अधिराज्य भर ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ९ वटा एक्सटेन्सन काउण्टर र १२३ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।¬ साथै बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरmमा पनि थप शाखाहरु संचालन गर्दैजाने योजना रहेको छ ।


प्रतिक्रिया दिनुहोस्