सिटिजन्स बैंकद्वारा गलेश्वर माविलाई आर्थिक सहयोग « Arthapath.com
२० फाल्गुन २०७६, मंगलवार

सिटिजन्स बैंकद्वारा गलेश्वर माविलाई आर्थिक सहयोग



काठमाडौं । सिटिजन्स बैंकले म्याग्दीको बेनी नगरपालिका ९ तोरीपानी स्थित श्री गलेश्वर माध्यमिक विद्यालयलाई रु ५० हजार आर्थिक सहयोग गरेको छ । विद्यालयकौ आयोजित कार्यक्रममा सहयोग रकम हस्तान्तरण गरिएको हो ।

विद्यालयले विद्यार्थीको चौतर्फी विकाशको निम्ति विभिन्न कार्यक्रमहरुलाई पाठ्यक्रममा समावेश गरी गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको छ । विद्यार्थीहरुको मानसिक, शारीरिक, बौद्धिक तथा सामाजिक विकाश हुन सकेमा मात्रै उनीहरु पूर्ण मानव बन्न सक्छन भन्ने कुरालाई शिरोधार्य गर्दै विद्यालयले आफूलाई शैक्षिक तथा भौतिक रूपमा सबल बनाउन विभिन्न कामहरु गर्दै आएको छ ।

यस विद्यालयमा अध्ययन र अध्यापन गर्दै आएका करिव २५० जनालाई शुद्ध खानेपानीको व्यवस्था गर्न उक्त सहयोग रकम प्रदान गरिएको हो । उक्त रकमबाट शुद्ध खानेपानीको लागि आवश्यक पूर्वाधार निर्माण गरिने कुरा विद्यालय प्रशासनले जनाएको छ । शुद्ध खानेपानीको अभावमा पठन पाठनमा भई रहेको अवरोधलाई अन्त्य गर्न यस किसिमको सहयोगले टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका जनजाती, दलित र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको मनोवल थप उच्च हुने कुरा विद्यालयले जनाएको छ । सिटिजन्स बैंक देशैभरी ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव ५ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्