एनआईसी एशिया बैंकमा महिलाहरुले एक सय प्रतिशत नगद फिर्ता पाउने « Arthapath.com
२५ फाल्गुन २०७६, आईतवार

एनआईसी एशिया बैंकमा महिलाहरुले एक सय प्रतिशत नगद फिर्ता पाउने



काठमाडौं । एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला ग्राहकलाई विशेष योजना सार्वजनिक गरेको छ । मोबाइल बैंकिङ्ग प्रयोग गरी कारोबार गर्ने एक सयजना भाग्यशाली महिलाहरूले एक सय प्रतिशत अथवा रू. १० हजारसम्म नगद फिर्ता प्राप्त गर्न सक्ने छन ।

बैंकका महिला ग्राहकहरूले मोबाइल बैंक एपबाट मोबाइल रिचार्ज गर्दा, बिजुलीको महसुल तिर्दा, हवाई टिकट खरिद गर्दा, क्यू आर पेमेन्ट लगायतका भुक्तानीहरूमा यो सुविधा पाउने भएका छन । तर वालेट लोड तथा फन्ड ट्रान्सफरलाई यस योजनामा समावेश गरिएको छैन । यस योजनाले आफ्ना सम्पूर्ण महिला ग्राहक महानुभावहरूलाई सम्मान गर्नुका साथै उहाँहरूमा डिजिटल बैंकिङ्ग कारोबार गर्न प्रोत्साहन पुग्ने बैंकले विश्वास लिएको छ ।


प्रतिक्रिया दिनुहोस्