प्राइम बैंकको महाप्रवन्धकमा श्रेष्ठ, एजिएममा मानन्धर नियुक्त « Arthapath.com
३० फाल्गुन २०७६, शुक्रबार

प्राइम बैंकको महाप्रवन्धकमा श्रेष्ठ, एजिएममा मानन्धर नियुक्त



काठमाडौं । प्राइम कमर्सियल बैंकको महाप्रवन्धकमा अमृतचरण श्रेष्ठ चयन भएका छन । प्राइम बैंकको बुधबार बसेको संचालक समिति बैंठकले मर्जर कमिटिको प्रश्तावमा तत्कालिन कैलाश बैंकका सिईओ रहेका श्रेष्ठलाई महाप्रवन्धकमा नियुक्त गरेको हो ।

फागुन २९ गते राष्ट्रिय स्तरको कैलाश बैंकलाई प्राइम बैंकले प्राप्ति गरेपछि सो बैंकका तत्कालिन व्यवस्थापकसहित सबै कर्मचारी प्राइम बैंकमा समाहित भएका हुन । तत्कालिन कैलाश बैंकका डेपुटी सिईओ रहेका तारा मानन्धर प्राइम बैंकमा एजिएममा नियुक्त भएका छन ।

साँढे ३ दशक बैंकिङमा विताइसकेका अमृतचरण श्रेष्ठ नविल बैंक खुलेदेखीनै बैंकिङमा लागेका हुन । भलाद्मी श्वभावका श्रेष्ठ नविल बैंकको कामु सिईओ हुँदै बाहिरिएका थिए । त्यसपछि एनसिसि बैंकको ४ वर्ष सिईओ विताएका श्रेष्ठ कैलाश विकास बैंकको सिईओ बनेका थिए । श्रेष्ठको कैलाशमा ४ वर्ष पुग्नै लाग्दा सो बैंक प्राइममा विलय भएको हो ।

त्यस्तै कैलाश बैंकका डेपुटी सिईओ रहेका मानन्धरलाई प्राइम बैंकले एजिएममा नियुक्त गरेको हो । मानन्धर यसअघि प्रभु बैंक र मुक्तिनाथ विकास बैंकको डेपुटी सिईओ खाइसकेका छन । उता कैलाश बैंकका सबै कर्मचारीलाई प्राइमले १ तह घटाएर समायोजन गरेको छ । प्राइम बैंकले कैलाशका कर्मचारीलाई एक साताको म्याद दिएर स्वेक्षिक अवकाश योजना ल्याएपनि जम्मा ३ जना कर्मचारीलेमात्रै आवेदन दिएको बैंक स्रोतले बताएको छ ।

भुल सुधार : यसअघि प्रसारित समाचारमा प्राइम बैंकको एजिएम तारा मानन्धर हुनुपर्नेमा डिजिएम हुन गएकोमा सच्याइएको छ । –सं.


प्रतिक्रिया दिनुहोस्