माछापुच्छ्रे बैंकको कामु सिईओमा कोइराला, शुमन शर्माले लिए विदा « Arthapath.com
२ चैत्र २०७६, आईतवार

माछापुच्छ्रे बैंकको कामु सिईओमा कोइराला, शुमन शर्माले लिए विदा



काठमाडौं । माछापुच्छ्रे बैंकको कामु सिईओको जिम्मेवारी सन्तोष कोइरालाले पाएका छन । बैंकका सिईओ शुमन शर्माले आफ्नो व्यक्तिगत कारण देखाउँदै २१ महिनामै बैंक छाडेपछि कामुको जिम्मेवारी कोइरालाले पाएका हुन ।

माछापुच्छ्रे बैंकमा विगत ६ वर्षदेखी कार्यरत कोइराला २ वर्ष अघि डेपुटी सिईओको जिम्मेवारीमा थिए । ययसअघि सेकेण्डम्यान रहेका कोइरालासामु अहिले सिंगो बैंक हाक्ने जिम्मेवारीमा छन । नेपालको बैंकिङ क्षेत्रमा साँढे २ दशक विताइसकेका कोइराला सँधै बैंकको कि पर्सनको रुपमा काम गर्दै आएका थिए ।

गैरआवासिय नेपालीको समेत लगानी रहेको माछापुच्छ्रे बैंकमा पछिल्लो समय सिईओ नटिक्ने बेंकको सुचिमा रहेको छ । यसअघि बैंकर निरज श्रेष्ठ ९ महिना पनि टिक्न सकेनन् । पढाइमा अव्वल गोल्ड मेडरिष्ट प्रोफेसनल बैंकर शुमन शर्मापनि माछापुछ्रे बैंकमा २१ महिनामात्रै काम गर्ने अवसर पाए । शर्माले आफु छोड्नुमा व्यक्तिगत कारण देखाएका छन ।

शर्मा माछापुच्छ्रे बैंकको डेपुटी सिईओ छाडेर ग्लोवल आइएमई बैंकको डेपुटीमा गएकबा थिए । त्यहाँ पनि ६ महिनापनि कमा नगरी निरजको ठाउँमा पुन सिईओ भएर माछापुछ्रे फर्किएका थिए ।
शर्मा र कोइरालाको असाध्यै राम्रो संबन्ध थियो । शर्माले यती छिट्टै राजिनामा गर्लानभन्ने बारेमा कसैले सोचेको थिएन । शर्मा अघिनै कोइरालालाई सिईओको अफर नआएको होइन । उनले बजारमा भएका केही सिनियर बैंकरलाई सिईओ बनाउन र आफु सेकेण्डम्यान नै रहेर केही समय काम गर्ने संचालकहरुलाई सुझाएका थिए ।

भोजपुरको दुर्गम गाउँमा पहिलो श्रेणीमा एसएलसी पास गरेका कोइराला पढाईमा सधै“ अब्बल रहे । आईएस्सी र वीकम पनि राम्रो नम्बर ल्याएपछि कोइराला त्रिविबाट एमबीए र नेदरल्याण्डको इरास्मस युनिभर्सिटीबाट एड्भान्स लिडरसिप एण्ड म्यानेजमेन्टमा डिप्लोमा गरेका छन । बैंक अफ काठमाडूबाट बैंकिङ करिअर सुरु गरेका कोइराला सानिमा बैंक हुँदै माछापुच्छ्रे बैंकमा आएका हुन ।

(शर्माले फेसबुकमा राख्नुभएको धारणा जस्ताके तस्तै राखेका छौं ।)

त्यस्तै २१ महिना बैंकको सिईओ पद सम्हालेका शर्मालाई शुक्रबार माछापुच्छ्रे बैंकबाट जिम्मेवारी विहिन भएका छन । उनले आफुलाई सिईओ अवधीमा सहयोग पु¥याउने सबैलाई धन्यावाद दिएका छन । उनले आफ्नो नेतृत्वमा बैंकले गरेको प्रगतीसमेत सामाजीक सञ्जालमा सार्वजानिक गरेका छन ।


प्रतिक्रिया दिनुहोस्