प्रभु बैंकले हरियाली बगैचा र फाउण्टेन निर्माण गर्ने « Arthapath.com
५ चैत्र २०७६, बुधबार

प्रभु बैंकले हरियाली बगैचा र फाउण्टेन निर्माण गर्ने



काठमाडौं । प्रभु बैंक र काठमाण्डौ महानगरपालिकाबिच काठमाण्डौ महानगरपालिकाको जमल तथा रत्नपार्क–बागबजार स्थित आकाशे पुलमुनिको ट्राफिक आइल्याण्ड र तिनधारा सस्कृत पाठाशाला अगाडीको ट्राफिक आइल्याण्डमा हरियाली बगैचा र फाउण्टेन निर्माण गर्ने, मर्मत संहार गर्ने÷रेखदेख गर्ने र सो को संचालन तथा शहरी सौन्र्दयीकरण कामका लागि सम्मmौता पत्रमा हस्ताक्षर भएको छ ।

काठमाण्डौ महानगरपालिकाका मेयर बिद्या सुन्दर शाक्यको उपस्थितीमा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन तथा काठमाण्डौ महानगरपालिकाका तर्फ बाट सहसचिब राजेश्वर ज्ञवालीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।

नेपाल भरिमा २०८ शाखा संजाल, ४६ एक्सटेन्सन काउन्टर, १७ शाखा रहित बैंकिङ्ग सेवा तथा १५८ एटिएम रहेको प्रभु बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्य गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्