बागमती प्रदेशको कोरोना रोकथाम कोषमा लक्ष्मी बैंक र सिभिल बैंकको सहयोग « Arthapath.com
२४ चैत्र २०७६, सोमबार

बागमती प्रदेशको कोरोना रोकथाम कोषमा लक्ष्मी बैंक र सिभिल बैंकको सहयोग



काठमाडौं । बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा लक्ष्मी बैंक र सिभिल बैंकले सहयोग गरेका छन् ।

बैंकका प्रतिनिधिहरुले मुख्यमन्त्री निवास चौकीटोल हाईटमा पुगेर सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । लक्ष्मी बैंकका हेटौंडा शाखा प्रमुख भुवन कोइरालाले १० लाख र सिभिल बैंकका हेटौंडा शाखा लक्ष्मी आचार्यले ५ लाखको चेक हस्तान्तरण गरेका हुन ।

बिपत्तिको घडीमा सबैको साथ र सहयोग अपरीहार्य हुने भन्दै मुख्यमन्त्री पौडेलले धन्यवाद व्यक्त गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस्