सन्राइज बैंकद्धारा व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई वितरण « Arthapath.com
२४ चैत्र २०७६, सोमबार

सन्राइज बैंकद्धारा व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई वितरण



काठमाडौं । सन्राइज बैंकले भक्तपुर क्यान्सर अस्तपताल र तिल गंगा आखाँ अस्तपतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ वितरण गरेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएको र नेपालमा पनि केहि मानिसमा देखिएको परिप्रेक्षमा त्यसको जोखिम बढेको हुदाँ यहाँ विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले निभाएको भुमिका सराहनीय रहेको छ ।

बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत कोरना भाइरसको उपचारमा खटिने चिकित्सक र नर्सका लागि उक्त पिपिइ दिएको हो । सोमबार बंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले भक्तपुर क्यान्सर अस्तपतालका मेडिकल निर्देशक प्रोफेसर डा.ऋषिकेश नारायण श्रेष्ठलाई १५ थान पिपिइ र ५०० थान माक्स हस्तान्तरण गर्नुभयो । साथै तिल गंगा आखाँ अस्तपतालमा पनि ५ थान पिपिइ बंैकका प्रमुख कार्यकारी अधिकृतले हस्तान्तरण गर्नुभयो ।

हालसम्म सन््राइज बैंकले सातै प्रदेशमा रहेको विभिन्न अस्पतालमा ४०० वटा भन्दा बढी पीपीई उपलब्ध गराई सकेको छ र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस्