गभर्नरको पदभार ग्रहण गर्दै अधिकारीले भने भुङ्ग्रोमै छोडेको थिएँ फेरी भुङ्ग्रोमै फर्किएँ « Arthapath.com
२५ चैत्र २०७६, मंगलवार

गभर्नरको पदभार ग्रहण गर्दै अधिकारीले भने भुङ्ग्रोमै छोडेको थिएँ फेरी भुङ्ग्रोमै फर्किएँ



काठमाडौं । नेपाल राष्ट्र बैंकको नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले ४ वर्ष अघि आफुले राष्ट्र बैंक छोड्दा पनि भुकम्पको भुङ्ग्रो रहेको र अहिलेपनि कोरोनाकाले विश्व अर्थतन्त्र थलिएको बेला भएको बताएका छन ।

आज राष्ट्र बैंकमा आयोजित पदभार ग्रहगपनि छोटो प्रतिक्रृया दिँदै अधिकारीले भने भुकम्प गएको ८ महिनामा छोडेर गएको राष्ट्र बैंक पुन कोरोना भाइरसको चपेटामा फकिँए । आफु चुनौतामीलाई सामना गर्न सक्ने व्यक्ति भएको भन्दै यो चुनौतिलाई पनि सहजै पार लगाउन राष्ट्र बैंकको फ्रेस टिम परिचालन गर्ने बताए ।

पदभार ग्रहण पछि मन्तव्य दिँदै गभर्नर अधिकारीले झण्डै ५ वर्ष अघि नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर रहेकै बेलामा भुकम्पको चपेटामा मुलुक थियो । भुकम्प गएपछि पनि ८ महिना डेपुटीको रुपमा काम गरेका अधिकारीसामु फेरी अर्को चुनौती कोरोना भाइरसको महामारी थपिएको छ ।
कोरोना भाइरसको कारण नेपाली अर्थतन्त्रमा पर्न सक्ने प्रभार र आवश्यक नीतिगत प्रकृयाको बारेमा अध्ययान गर्न समिति गठन गर्ने निर्णयमा हस्ताक्षेर गरेर अधिकारीले आफुलाई चुनौतीसामु प्रश्तुत गर्ने योद्धाको रुपमा चिनाएका छन ।


प्रतिक्रिया दिनुहोस्