नेपाल राष्ट्र बैंकलाई यो भन्दा ठूलो च्यालेन्ज अरु के होला र ? नवनियुक्त गभर्नर अधिकारी « Arthapath.com
२५ चैत्र २०७६, मंगलवार

नेपाल राष्ट्र बैंकलाई यो भन्दा ठूलो च्यालेन्ज अरु के होला र ? नवनियुक्त गभर्नर अधिकारी



महाप्रसाद अधिकारी, गभर्नर नेपाल राष्ट्र बैंक

भूमिका निर्वाह नगरे राष्ट्र बैंकको स्वायत्ततामा गुम्न थाल्छन

ब्याज तिर्ने, किस्ता तिर्ने समय पर सारिदा क्यास फ्लोमा पनि असर पर्छ

हिजो सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर पदमा पुर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका सिईओ महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । अधिकारी ३० वर्ष राष्ट्र बैंकमै सेवा गरेका र राष्ट्र बैंकका समस्यालाई बुझेका व्यक्ति हुन् । ४ वर्ष लगानी बोडृको सिईओ भएर काम गरेका अधिकारी बोर्डको कार्यकाल बाँकी हुँदै सरकारले गभर्नरमा नियुक्त गरेको छ । उनले मंगलबार प्रधानन्याधीससँग पद तथा गोपनियताको सपथ ग्रहण गरिसकेका छन । सपथ लगत्तै राष्ट्र बैंक पुगेर कार्यभारसमेत सम्हालीसकेका छन । कार्यभार सम्हालेप्रश्चात अर्थपथसंग गरीएको छोटो अन्र्तवार्ताका केही अंस हामीले प्रश्तुग गरेका छौं ।

तपाँइ गभर्नर नियुक्त हुनुभयो, अव तपाँईको प्रथामिकता के–के हुन ?
अहिले सबै क्षेत्र एकदमै चुनौती पूर्ण रहेको छ । कुनै एउटा एरियामा संकट आउँदा अरु एरियामा पनि असर पर्ने गर्दछ । त्यो चाँहि खासगरी ईकोनोमिक्सको एउटा सेक्टरमा आउँदापनि । अहिले कोरोना भाइरसको कारण हेल्थ सेक्टर संसारभरि नै महामारी नै रहेको छ । अधिकांस मुलुक, लकडाउन छ । त्यसको अषर आर्थिक क्षेत्रमा पक्कै पनि ठुलो छ । आर्थिक क्षेत्र भित्रको फाईनान्सियल क्षेत्रमा धेरै नै ठूलो परेको छ । जसलाई म्यानेज गर्न पनि चुनौतीपूर्ण रहेको छ । किनकी प्रत्येक घरको चूलोलाई अषर परेको छ । उसले ऋण लिएको छ । दिनेलाई पनि असर परेको छ ।
ब्याज तिर्न पनि गाह्रो छ । ब्यापार चलाउने, आर्थिक उन्नती गर्ने र समृद्धिको बाटोमा अगाडी बढ्ने लगायत दैनिक जीविको पार्जन गर्नेलाई धेरै ठूलो असर पारेको छ । यसर्थमा त्यसको असर प्रत्यक्ष रुपमा फाईनान्सियल र आर्थिक क्षेत्रमा पर्दछ । जसको फाईनान्सियल रेगुलेटर नेपाल राष्ट्र बैंक हो । यसलाई यो भन्दा ठूलो च्यालेन्ज अरु के होला र ? हामीले यसलाई मेन रुपले हेर्नुपर्ने छ । यसलाई थप ड्यामेज हुन दिने छैन । र फाईनान्सियल सिस्टमको महत्वपूर्ण प्रपोटी, पव्लीकको कन्फीडेन्सलाई जोगाएर राख्न हामीले धेरै खालका उपकरणहरुको प्रयोग गर्नुपर्ने छ । मुख्य चुनौती कोरोनाले दिएको छ । फाईनान्सियल क्षेत्र सदैव चुनौतीपूर्ण क्षेत्र हो । हुन त यो नेपालको मात्र समस्या नभएर विश्वको नै समस्याका रुपमा लिएको छ । कुनै एउटा सेक्टरमा समस्या आयो भने त्यसमा अन्यत्रकाले सहयोग गर्थे, तर सबै ठाउँमा चुनौती आएको हो ।

https://artha.appharu.com/political-economy/2020/04/07/5867/

राष्ट्र बैंकमा प्राथमिकता के के ?
केन्द्रिय बैंकका उदेश्यहरु तोकिएका छन । ति तोकिएका उदेश्यहरुलाई हासिल गर्नु नै मेरो प्राथमिकता हो । चाहे डोमस्किट प्राईस स्टाब्लिीटी होस, चाहे फाईनान्सियल सेक्टरको कुरा होस । यीनिहरुलाई उच्च प्राथमिकतामा राखेर त्यो एचिभ गर्नलाई विभिन्न ईन्स्टुमेन्ट हामीले चलाउनु पर्छ । त्यसमा कहि कतै ढलमल भयो भने हाम्रा अल्टिमेट उद्धेश्यहरु प्राप्त गर्न सकिदैन । त्यसले गर्दा चाँहि सेन्ट्रल बैंकले पनि धेरै उत्साही भएर धेरै एग्रेसीप भएर काम गर्नुभन्दा पनि स्थायित्वमा काम गर्नुपर्छ । मेरो प्राथमिकतामा पनि त्यहि हो ।

वित्तिय क्षेत्रमा कोरोनाको अषर धेरैनै देखिएको छ नि ?
आजै मात्र मैले पहिलो नितीगत निर्णयको रुपमा कोरोनाको असरको वारेमा नियमति स्टडी गर्ने भन्नेमा प्रतिबद्धता जनाएको छुँ । यसले नियमीत मोनोटरीङ गर्छ, नियमीत एनालाईसिस गर्छ, र यो संक्रमण कता गईरहेको छ अर्थतन्त्रमा कस्तो असर पार्छ भन्ने सन्दर्भमा यसले हेर्ने काम गर्छ । जुन वेला पूर्ण रुपमा नियन्त्रण हुन्छ त्यो समयमा आभेरल टाईम दिएर रिपोर्ट निकाल्छाँै । हामीले अहिले गर्ने विषय यहि हो । यो भन्दा अघि नै राष्ट्र बैंकले केहि राहत ल्याएको छ । तिनलाई निरन्तरात दिँदै त्यसको अषर सिस्टममा कस्तो पर्छ । ब्याज तिर्ने, किस्ता तिर्ने समय दिएको छ । जुन समय पर सारिदा क्यास फ्लोमा पनि असर पर्न सक्छ । समय सारिएको छ तर त्यो समय नपुग्न सक्छ । यस्ता विषयमा हामी थप छलफल गर्छाँै ।

अहिले राष्ट्र बैंकले ल्याएको प्याकेज धोरै भयो भन्ने निजीले भनिरहेका छन् थप प्याकेज बारे केही सोच्नुभएको छ ?

तुरुन्तै प्याकेज आउने कुरा हुँदैन । रिफाईनमेन्ट हुन सक्छ । निजी क्षेत्रसंग पनि नजिक भएर काम गर्ने छुँ । त्यसैले हाम्रा पोलीशीहरु मापदण्ड भित्र रहेर प्राईभेट सेक्टरको पोलीलाई एडप्ट गर्छाैँ ।

अहिले राष्ट्र बैंकको स्वायत्ततामा कमी आएको चर्चा छ, तपाँईले राष्ट्र बैंकको स्वायत्तता कसरी जोगाउनुहुन्छ ?
सेन्ट्रल बैंक जहाँपनि स्वायत्त निकाय हुनुपर्छ । यसमा दुई मत नै छैन । गुम्ने विषय चाँहि कतिपय ठाउँमा कसरी आएको हो भन्ने विषय अव संसोधन वा नयाँ ऐनबाट आएको भन्ने मलाई लाग्छ । मेरो विचारमा स्वायत्तताका आफ्नो कारणले पनि असर गर्छ । हामीले आफ्नो भूमिका निर्वाह नगरेमा अरुले आएर ठुग्न आउँछ । त्यो वातावरण आउने श्रृजना नहुनु हाम्रै दायित्व हो ।

तपाईँले ५ वर्ष अगाडी पुँजी बृद्धिको प्यान ल्याएर जानुभएको थियो, त्यसले केही बैंक वित्तिय संस्थाको संख्या धेरैनै घट्यो, यसबारेमा फेरी केही सोच्नुभएको छ ?
त्यस्तो स्पेशिफ प्लान व्यक्तिले अगाडी नै ल्याएर आउने विषय होईन । यो संस्थागत सस्था हो । कुनै व्यक्तिमा निर्भर हुनु पर्छ भन्ने छैन । यो संस्थाका आफ्ना कार्यक्रमहरु, रणनीतिहरु छन त्यो राणनीति भिज्ञ रहेर बसेर ति रणनीतिलाई पूर्णतया पूरा गर्ने हो । नेपाल सरकारले आफ्नो फाइनान्सियल रणनीति अगाडी ल्याएकोले मैले आएर मेरो रणनीति अर्कै हो भन्ने हुँदैन । त्यसमा संसोधीत गर्नु पर्यो भने भोलीका दिनमा आवश्यकताका आधारमा गरिने हो नत्र भने त्यस्तो हुँदैन ।

https://artha.appharu.com/bisheshnews/2020/04/07/5859/


प्रतिक्रिया दिनुहोस्