कोरोना भाईरस रोकथाम कोषमा गरिमा र माछापुच्छ्रे बैंकको सहयोग « Arthapath.com
२५ चैत्र २०७६, मंगलवार

कोरोना भाईरस रोकथाम कोषमा गरिमा र माछापुच्छ्रे बैंकको सहयोग



हेटौंडा । बागमती प्रदेश कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा गरिमा बिकास बैंक र माछापुच्छ्रे बैंकले सहयोग गरेका छन् । बैंकका प्रतिनिधिहरुले बिहिवार मुख्यमन्त्री डोरमणि पौडेललाई ५–५ लाख रकम सहयोग गरेका हुन् । गरिमा बिकास बैंक हेटौंडा शाखा प्रमुख पुष्कर ढकाल र माछापुच्छ्रे बैंकका का.मु. शाखा प्रमुख एन्जिला श्रेष्ठको टोलिले रकम हस्तान्तरण गरेका हुन ।

सहयोग रकम बुझ्दै मुख्यमन्त्री पौडेलले कोरोना भाइरस नियन्त्रण गर्न सरकार सक्रिय रहेको बताउनुभयो । उहाँले यसको लागि सर्वसाधारण, उद्योगी, ब्यापारी, बैंक तथा वित्तीय संस्थाहरुको साथ आवश्यक रहेको बताए । महामारीका रुपमा फैलिएको कोरोना भाईरस संक्रमण नियन्त्रणका लागि प्रदेश सरकार लागिरहेको र यस अभियानमा साथ दिने विभिन्न संघ सस्था, व्यक्ति लगायतलाई धन्यवाद व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्