नेपाललाई विश्व बैङ्कको तीन अर्ब ५० करोड सहुलियत पूर्ण ऋण « Arthapath.com
२६ चैत्र २०७६, बुधबार

नेपाललाई विश्व बैङ्कको तीन अर्ब ५० करोड सहुलियत पूर्ण ऋण



काठमाडौं । कोरोना भाइरसको महामारी रोकथाम तथा सार्वजनिक स्वास्थ्य सेवा सुधारका लागि विश्व बैङ्कले नेपाललाई तत्काल तीन अर्ब ५० करोड रुपियाँ (दुई करोड ९० लाख अमेरिकी डलर)भन्दा बढी सहुलियतपूर्ण ऋण दिने भएको छ ।

कोभिड १९ आकस्मिक सम्बोधन तथा स्वास्थ्य प्रणालीको तयारी परियोजनाका लागि उक्त रकम खर्च हुने अर्थ मन्त्रालय र विश्व बैङ्कबीचको सम्झौतामा उल्लेख छ । सम्झौतामा अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गाना र विश्व बैङ्कका नेपालस्थित देशीय निर्देशक फेरिस हदद जेर्भोसले मङ्गलबार हस्ताक्षर गरेका हुन ।


प्रतिक्रिया दिनुहोस्