सन्राइज बैंकको सुदूर पश्चिम प्रादेशिक कार्यालय मार्फत पीपीई हस्तान्तरण « Arthapath.com
२७ चैत्र २०७६, बिहीबार

सन्राइज बैंकको सुदूर पश्चिम प्रादेशिक कार्यालय मार्फत पीपीई हस्तान्तरण



काठमाडौं । हाल संसारभर कोरोना भाइरस (कोभिड–१९) महामारी फौलिएको र नेपालमा पनि केहि मानिसमा देखिएको परिपेक्षमा प्रदेशमा समेत त्यसको जोखिम बढेको हुदाँ यहाँ विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले निभाएको भुमिका सराहनीय रहेकोले, यहाँहरुको सुरक्षाको लागि सन्राइज बैंकको सुदूर पश्चिम प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व अन्र्तगत व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई जम्मा २५ थान सेती प्रादेशिक हस्पिटलका सुपपरीटेण्डेट डा. हेमराज पाण्डेलाई सन््राइज बैंक लि.का सुदूर पश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुरेन्द| शाहीले औपचारिक कार्यक्रमका बिच उक्त सामाग्री ९एएभ्० हस्तान्तरण गर्नुभएको छ ।

अस्पतालको मेसु पाण्डेले सन््राइज बैंकले स्वास्थ्यकर्मीहरुको सुरक्षा प्रति चिन्ता व्यक्त गर्दै व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई प्रदान गरेकोमा धन्यवाद दिए ।

बैंकका लि.का सुदूर पश्चिम प्रादेशिक कार्यालयका प्रमुख शाहीले विपत्तिको समयमा राज्यलई सहयोग गर्नु बैंकको सामाजिक उत्तरदायित्व भएको बताउदै कोरोना संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि व्यक्तिगत सुरक्षात्मक उपकरण ९एएभ्० प्रदान गरेको बताए ।

हालसम्म सन््राइज बैंकले विभिन्न अस्पतालमा ४०० वटा भन्दा बढी एएभ् उपलब्ध गराई सकेको छ र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस्