कर्मचारीले फोनबाट ग्राहकको ग्योप्य विवरण माग्ने अधिकार नभएकाले पासवर्ड कसैलाई नदिनुहोला « Arthapath.com
२८ चैत्र २०७६, शुक्रबार

कर्मचारीले फोनबाट ग्राहकको ग्योप्य विवरण माग्ने अधिकार नभएकाले पासवर्ड कसैलाई नदिनुहोला



काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले ग्राहकलाई बैंकिङ कारोबारसँग सम्बन्धित कुनै पनि जानकारी कसैलाई नदिन आग्रह गरेको छ ।

अहिले लकडाउनको वेला साइबर सुरक्षामा आक्रमण भइरहेको भन्दै बैंकले सचेत रहन ग्राहकलाई अनुरोध गरेको छ । बैंकको कर्मचारी बताउँदै ग्राहकलाई फोन गरेर एटीएम पासवर्ड, मोबाइल बैंकिङ पासवर्ड, पिन नम्बर लगायतका गोप्य विवरण माग्ने काम भइरहेको भन्दै बैंकका कसैले पनि त्यसरी पासवर्ड नमागेको उसले स्पष्ट पारेको छ ।

ग्राहकको गोप्य विवरण बैंककै कर्मचारीले समेत फोन गरेर माग्न नमिल्ने भएकाले यस्ता कल ठगले गरेको हुन सक्ने भएकाले निकै सचेत रहन बैंकले आग्रह गरेको हो ।


प्रतिक्रिया दिनुहोस्