एभरेष्ट बैंकद्वारा २०७७ को ई–क्यालेन्डर सार्वजनिक « Arthapath.com
३० चैत्र २०७६, आईतवार

एभरेष्ट बैंकद्वारा २०७७ को ई–क्यालेन्डर सार्वजनिक



काठमाडौं । एभरेष्ट बैंकले आफ्नो बि.सं. २०७७ को ई–क्यालेन्डर सार्वजनिक गरेको छ । हाल विश्व भरी फैलिएको कोविड –१९ को विशम परिस्थितीलाई ध्यानमा राखी एभरेष्ट बैंकले आफ्नो ई–क्यालेन्डर सार्वजनिक गरेको छ ।

हालको कठिन परिस्थितीमा बैंकले सबैलाई ई(क्यालेन्डर प्रयोग गरी नेपाल सरकारलाई यस कोविड –१९ को रोक्थाममा सहयोग पुर्याउनको लागि मद्दत गर्न अनुरोध गरेको छ । यस कोविड –१९ को माहामारीको रोकथाम भए पश्चात मात्र बैंकले आफ्नो प्रिन्ट गरेको क्यालेन्डर वितरण गर्ने छ ।

यस नयाँ वर्षको ई–क्यालेन्डर “मन्दिरको शहरः हाम्रो सम्पदा, हाम्रो धरोहर, हाम्रो पहिचान” को मुख्य विषय अन्तर्गत सार्वजनिक गरीएको हो ।

हाल एभरेष्ट बैंकको ग्राहकहरुको संख्या बैंकिङ्ग क्षेत्रमा सबैभन्दा धेरै ११ लाखभन्दा बढी रहेका छन् । एभरेष्ट बैंकलाई सर्वश्रेष्ठ व्यवस्थित वाणिज्य बैंक, २०१९ बाट पुरस्कृत गरिएको थियो । यस बाहेक बैंकले हालसालै सीएएमईएल रेटिङ्ग अन्तर्गत वाणिज्य बैंकहरुको बीचमा सबैभन्दा राम्रो मूल्याङ्गन गरिएको बैंकको रुपमा चयन भएको छ । हालसम्म बैंकको ९५ शाखाहरु, ३१ राज्वस्व सङ्गकलन काउन्टरहरु र १०३ स्थानमा एटिएम रहेका छन् । आफ्नोे फराकिलो विश्वव्यापी नेटवर्क र घरेलु नेटवर्क मार्फत एभरेष्ट बैंकले पेशेवर दक्ष बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्