एनआईसी एशियाको भित्ते तथा टेबल पात्रो सार्वजनिक « Arthapath.com
२ बैशाख २०७७, मंगलवार

एनआईसी एशियाको भित्ते तथा टेबल पात्रो सार्वजनिक



काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ वर्ष २०७७ सालको भित्ते तथा टेबुल पात्रो सार्वजनिक गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले पात्रो सार्वजनिक गरेका हुन् । भित्ते तथा टेबुल पात्रोको ढाँचामा प्रकाशित उक्त पात्रोमा नेपाल सरकारले उपलब्ध गराएको बिदा, चाड, दिवस, पञ्चांग तिथिलगायतका विवरण उल्लेख छ ।

बैंकले नेपालका विभिन्न हिमाल, मठमन्दिर, ताललगायत रमणीय स्थललाई यस वर्षको पात्रोमा सजाएको छ । साथै, यस पात्रोलाई डिजिटल प्रणालीमा समेत प्रकाशित गरी कम्प्युटर तथा मोबाइलबाट सहजै प्रयोग गर्न मिल्ने बनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्