एनआईसी एसियाले अत्यावश्यक सामान बिक्री गर्ने व्यवसायीलाई क्यूआर कोड प्रदान गर्ने « Artha Path
८ बैशाख २०७७, सोमबार

एनआईसी एसियाले अत्यावश्यक सामान बिक्री गर्ने व्यवसायीलाई क्यूआर कोड प्रदान गर्ने



काठमाण्डौ । एनआईसी एसिया बैंकले लकडाउनको समयमा आफ्ना ग्राहकलाई अत्यावश्यक सामग्री घरमै पुर्याउने व्यवसायीलाई क्यूआर कोड प्रदान गर्ने भएको छ ।

लकडाउनका कारण बैंकका ग्राहकहरूसँग नगद अभाव हुनसक्ने तथा एटीएमसम्म पुग्नसमेत नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै बैंकले यस्तो योजना ल्याएको हो ।

ग्राहकहरूले मोबाइल बैंकिङको प्रयोग गरी क्यूआर कोडबाट सामग्रीको रकम भुक्तानी गरेपछि सिधै सम्बन्धित व्यवसायीको बेैंक खातामा जम्मा हुनेछ । यो सेवा लिनको लागि इमेल ठेगाना [email protected] मा गई आफ्नो विवरण पठाउन सकिने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्