सनराईज बैंकको घरबाटै मुद्दती निक्षेप खाता खोल्ने सुविधा « Arthapath.com
१५ बैशाख २०७७, सोमबार

सनराईज बैंकको घरबाटै मुद्दती निक्षेप खाता खोल्ने सुविधा



काठमाडौं । संसारभर कोरोना भाइरस (कोभिड–१९) महामारी फौलिएको र लकडाउनले धेरैजसोको जनजीवन प्रभावित बनाएको छ । यसैबीच सनराईज बैंकले आफ्नो ग्राहकलाई डिजिटल बैंकिंङ्ग प्रयोग गर्न प्रोत्साहन गर्दै घरबाटै मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ ।

लकडाउनका कारण घरमा बस्न बाध्य भएका आफ्ना निक्षेप कर्ता ग्राहकहरुले आफ्ना बचत खातामा रहेको रकमलाई मुद्दती निक्षेपमा स्थानान्तरण गरी थप ब्याज आम्दानी गर्ने चाहाना भए सन्राइज बैकंको SUNRISE SMART बाट अनलाइन मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ । उत्त मुद्दती निक्षेप खातामा उच्च ब्याज पाइने व्यवस्था गरिएको बैकंले जनाएको छ ।

अनलाइन मुद्दती निक्षेपका विशेषताहरु

  • सर्वाधिक उच्च ब्याज ८.२५% ब्याजमा ०.५०% प्रिमियम ब्याज थप गरी प्रदान गर्ने व्यवस्था गरिएको
  • 2. मुद्दतीको न्यूनतम अवधि ३ महिना
  • सनराईज बैंकको SUNRISE SMART प्रयोग गरी सजिलै मुद्दती खाता खोल्न सकिने
  • कुनैपनि अतिरिक्त शुल्क नलाग्ने ।
  • बैंकका अनुसार ग्राहक महानुभावहरुले घरबाटै सन््राइजको मोबाइल बैकिङ्ग SUNRISE SMART प्रयोग गरी सरल रुपमा मुद्दती निक्षेप खाता खोल्न सकिनेछ । SUNRISE SMART बैकिङ्ग Playstore/App Store बाट सजिलै download गरी आफै रजिस्टर गर्न सकिने छ ।
  • ग्राहकहरुले सनराईजको मोबाइल बैकिङ्ग (SUNRISE SMART) प्रयोग गरी बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू घर बसि बसि निःशुल्क गर्न सकिने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्