सनराइज बैंकद्धारा मध्यपुर र मेमोरियल हस्पिटललाई पीपीई हस्तान्तरण « Arthapath.com
१७ बैशाख २०७७, बुधबार

सनराइज बैंकद्धारा मध्यपुर र मेमोरियल हस्पिटललाई पीपीई हस्तान्तरण



काठमाडौं । हाल संसारभर कोरोना भाइरस (कोभिड–१९) महामारी फौलिएर त्यसको जोखिम बढेको हुदाँ देशभरका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि सनराइज बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) हस्तान्तरण गर्दै आएको छ । यसै अन्तर्गत बैंकले मध्यपुर हस्पिटल,ठिमी र श्री मेमोरियल हस्पिटल, बनेपामा व्यक्तिगत सुरक्षात्मक उपकरण जम्मा १२ थान प्रति हस्पिटलका साथै २५०० मास्क मध्यपुर हस्पिटललाई हस्तान्तरण गरेको छ ।

उक्त सामाग्री बैंकका प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्यालले मध्यपुर हस्पिटलका अध्यक्ष ज्ञान कृष्ण श्रेष्ठ र मेमोरियल हस्पिटलका Director, Head Department of Cardiology डा. शिवजी विक्रम सिलवाललाई हस्तान्तरण गर्नुभएको हो ।


हालसम्म सनराइज बैंकले देशभरका विभिन्न अस्पतालमा ५५० वटा भन्दा बढी व्यक्तिगत सुरक्षात्मक उपकरण एएभ् उपलब्ध गराई सकेको छ र अन्य ठाउ‘हरुमा समेत उपलब्ध गराउदै जाने जनाएको छ । अहिलेको परिस्थितीमा डिजिटल बैकिङ्ग कारोबार गर्न सम्पुर्ण ग्राहकहरुलाई अनुरोध गर्दै बैंकले आफ्नो सबै डिजिटल माध्यमहरुबाट सुरक्षित तरिकाले कारोबार गर्नसकिने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्