नविल बैंकले कर्णालि प्रदेशलाई दियो पिसिआर मेसिन « Arthapath.com
१४ जेष्ठ २०७७, बुधबार

नविल बैंकले कर्णालि प्रदेशलाई दियो पिसिआर मेसिन



काठमाडौं । नबिल बैंकले कर्णालीको प्रदेश अस्पताललाई पिसिआर मेसिन खरिद गर्न २८ लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ । बैंकले दुर्गम कर्णालि प्रदेशमा कोरोनाको परिक्षण गराउन असहज भएपछि बैंकले सहयोग गरेको हो । निजी क्षेत्रको पहिलो बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो रकम दिएको हो । मेसिनबाट नमुना छिटो र उच्च परिमाणमा परीक्षण गर्न सहयोग पुग्ने बैंकको विश्वास छ ।


प्रतिक्रिया दिनुहोस्