महालक्ष्मी विकास बैंकको घरबाटै खोल्न सकिन्छ अनलाइन खाता « Arthapath.com
२० जेष्ठ २०७७, मंगलवार

महालक्ष्मी विकास बैंकको घरबाटै खोल्न सकिन्छ अनलाइन खाता



काठमाडौं । महालक्ष्मी विकास बैंकले लकडाउनको अवस्थामा हाफ्ना ग्राहाकलाई बैंकमा नआई अनलाइनबाटै खाता खोल्न सकिने जनाएको छ ।

बैंकले अनलाइन खाता सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएको यस सेवाबाट महालक्ष्मी विकास बैंकमा खाता खोल्न चाहने स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ग्राहकहरुले कुनै पनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाट नै अनलाइन खाता खोल्नका लागि आवेदन दिन तथा खाता खोल्दा आवश्यक कागजात सजिलै पेस गर्न सकिने व्यवस्था रहेको बैंकले जनाएको छ ।

महालक्ष्मी विकास बैंकको वेभसाइट www.mahalaxmibank.com.np मार्फत mahalaxmi Online Saving देशभर रहेका १०२ वटा शाखाबाट सजिलै खाता खोल्न सकिने छ । अनलाइन खाता खोलेपछि ग्राहकको खाता नं र आवश्यक जानकारी फारममा उल्लेख गरेको इमेल ठेगानामा पठाइनेछ । खाता खोल्न बैंकसम्म पुग्न नपर्ने र समयको बचतसँगै ग्राहकहरुले घरबाट नै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ जस्ता विद्युतीय बैंकिङ सेवा प्रयोग गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्