क्यावात ज्योति पाण्डेज्यू, इटलीमा फसेको पैसा यसरी उठाए, तनहुँ हाइड्रोपावरको मुद्धा जित्यो « Arthapath.com
२७ जेष्ठ २०७७, मंगलवार

क्यावात ज्योति पाण्डेज्यू, इटलीमा फसेको पैसा यसरी उठाए, तनहुँ हाइड्रोपावरको मुद्धा जित्यो



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्व गरिरहेका जयोति प्रकाश पाण्डे पछिल्लो समय निक्कै तनावमा थिए । कहिले तनहुँ हाइड्रोपावरको काउन्टर गयारेनटी वापतको पैसा फस्ने त कहिले कोइला कम्पनीको मालिकनै करोडौं खाएर भागेपछि पाण्डेलाई बैंक चलाउनु फलामे च्युरा बनेको थियो ।

पाण्डेले बेला वखत बैंकमा आउने उदारचढावको प्रवाहनै नगरी अशल कर्ममा जुटिरहे । त्यसैको फलस्वरुप आज बैंकको पक्षमा फैसला भएको छ । बैंकले २ अर्वभन्दा बढी पैसा छिट्टै नेपाल ल्याउनेछ ।

तनहुँ हाइड्रोपावरको काउन्टर गयारेनटी वापतको इटलीको अदालतमा जारी मुद्धा जितेको छ । अव एनआईविएलले २ अर्ब चार करोड २ अर्ब चार करोड रुपैयाँ फिर्ता पाउने भएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकका सिईओ ज्योति प्रकाश पाण्डेले बैंकले मुद्धा जितेको बताए । उनले भने अव बैंकको खातामा २ अर्ब चार करोड रुपैयाँको आउने छ । इटलीको अदालतमा परेको तनहुँ हाइड्रोपावर सम्बन्धि मुद्दाको १६ महिनापछि फैसला भएको हो ।

तनहुँ जलविद्युत परियोजनामा ठेकेदार कम्पनी मुराटोरी इ केमेन्टिष्टीले यारेन्टी दिएको थियो । कम्पनीले काम नगरेपछि तनहुँ हाइड्रोले ग्यारेन्टीवापतको रकम बैंकसँग दाबी उत्तिनै बेला इन्भेष्टमेन्ट बैंकले भुक्तानी गरिदिएको थियो ।


प्रतिक्रिया दिनुहोस्