मनकारी दाहाल दम्पती जसले दिए १ महिनाको घर भाडा छुट « Arthapath.com
९ असार २०७७, मंगलवार

मनकारी दाहाल दम्पती जसले दिए १ महिनाको घर भाडा छुट



काठमाडौं । संकटको बेला कमाउने आदत त नेपालीहरुको यसअघिदेखीकै हो । समाजमा कोही यस्ता मान्छे पनि हुन्छन् संकट परेको बेलामा आफुले सक्दो सहयोग गर्ने । यस्तै संकटको बेलामा सहयोग गर्ने ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिम बढीरहेको बेला मेरोमाइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्था लिमिटेडलाई बेलकोटगडी–८, का युगप्रसाद दाहाल दम्पतीले एक महिनाको घरभाडामा छुट दिएर समाजमा अनुकरणिय कार्य गरेका छन ।

सरकारले घरभाडा छुट गर्न आग्रह गरिरहेको छ तर राजधानीका करोडौका मालिकहरुले दैनिक ज्यालादारी गरिखाने मजदुरलाईपनि १ महिनाको भाड छुट गर्न मानिरहेका छैनन् । तर बेलकोटगढी नगरपालिका ८, नुवाकोटमा रहेको मेरोमाइक्रोफाइनान्सको कल्याणी शाखा कार्यालयलाई एक महिनाको घरभाडा छुट दिएर घरबेटी दाहालले सामाजिक दायित्व निर्वाह गरेको बट्टार अनुगमन कार्यालयका प्रमुख सरोज पण्डितले जानकारी दिए ।

‘लकडाउनका कारण अर्थतन्त्र ओरालो लागेको अवस्था छ, ब्यवसाय संचालन गर्न सकेको छैन, यसले गर्दा अहिलेको अवस्था सहज छैन । र सरकारले पनि एक महिनाको भाडा नलिन आब्हान गरेकोमा आफूले पनि मानबताको भूमिका निर्वाह गरेको’ युग प्रसाद दाहालले बताए । त्यस्तै, तिन महिनादेखि ठप्प रहेको ब्यापार ब्यवसायलाई ध्यान दिएर कोरोना माहामारीले उत्पन्न गरेको विपत्तीको अवस्थामा सबैले उदारता देखाउनु पर्ने दाहाल दम्पतीले बताए ।

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २५ लाख ६० हजार सहयोग गरिसकेको छ । त्यसको साथै बिभिन्न स्थानिय तहहरुलाई पनि राहत तथा आर्थिक सहयोग गरिरहेकोे छ । नुवाकोटको बिदुर नगरपालिका र बेलकोटगढी नगरपालिकालाई ५० हजार आर्थिक सहयोग गरिसकेको संस्थाले जनाएको छ ।

मेरोमाइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ५९ जिल्लमा १२० शाखा कार्यालय र बट्टार अनुगमन नुवाकोट अन्र्तगत ३ जिल्लामा ८ शाखा कार्यालयमार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्