महालक्ष्मी विकास बेैंकद्वारा विद्यालयमा शुद्ध खानेपानी व्यवस्थापन « Arthapath.com
१० असार २०७७, बुधबार

महालक्ष्मी विकास बेैंकद्वारा विद्यालयमा शुद्ध खानेपानी व्यवस्थापन



काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकका हेटौंडा र टाँडी शाखाले क्रमश. मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा न. ११ मा अवस्थित श्री आनन्द भैरव आधारभुत विद्यालयमा र चितवनको इच्छाकामना गाँउपालिका वडा न. ७ मा अवस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा विद्यार्थीको लागि शुद्ध पिउने पानी व्यवस्थापनका लागि क्रमश. एक लाख पचास हजार रुपैया र एक लाख पैसठ्ठी हजार रुपैया गरी जम्मा तीन लाख पन्ध्र हजार रुपैयाको आर्थिक सहयोग प्रदान गरेका छ ।

गत असार २ गते बैंकको हेटौंडा शाखामा सम्पन्न कार्यक्रमका बीच बेैंकका शाखा प्रबन्धक शम्भु प्रसाद पराजुलीले रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष ईन्द्र प्रसाद नेपाललाई एक लाख पचास हजार रकमको चेक हस्तान्तरण गर्नुभएको थियो ।

त्यसैगरी असार ८ गते रोयल सेन्चुरी होटलमा सम्पन्न एक कार्यक्रमका बीच शाखाका प्रबन्धक श्याम बाबु तिमिल्सिनाले रोटरी क्लब अफ नारायणी मिडटाउनका अध्यक्ष अशेष भण्डारीलाई एक लाख पैसठ्ठी हजार रकमको चेक हस्तान्तरण गर्नुभएको थियो । उल्लेखित कार्यक्रमहरुमा बैंक तथा रोटरी क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्