ग्लोबल आइएमई बैंकद्वारा प्रदेश सरकारलाई २० लाख सहयोग
काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना रोेकथाम तथा नियन्त्रणका लागि सुदुरपश्चिम प्रदेश सरकारलाई नगद २० लाख सहयोग गरेको छ ।
एक कार्यक्रमकाबीच बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मुकुन्द प्रसाद भट्टले सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई उक्त रकमको चेक हस्तान्तरण गरे । उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले कोराना रोकथामका लागी निजी क्षेत्रबाट सबैभन्दा ठूलो सहयोग प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिए ।
बैंकले स्थापनाकाल देखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ र आगामी दिनहरुमा समेत यस्तो सहयोग लाई निरन्तरता दिँदै जानेछ ।
उक्त कार्यक्रममा सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदी , उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री माया भट्ट, भुमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्री विनिता चौधरी लगायत अन्य प्रदेश सांसदको उल्लेखीय उपस्थिति थियो ।