नेप्सको सिइओमा सञ्जिव सुब्बा नियुक्त, साउन १ देखी कार्यभार सम्हाल्ने « Arthapath.com
२५ असार २०७७, बिहीबार

नेप्सको सिइओमा सञ्जिव सुब्बा नियुक्त, साउन १ देखी कार्यभार सम्हाल्ने



काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)को सिईओमा सञ्जिव सुब्बा नियुक्त भएका छन । नेप्सको अध्यक्ष सनराइज बैंकका डिजिएम रविन नेपाल रहेका छन । नेपालको अध्यक्षतामा बुधबार बसेको सञ्चालक समिति बैंठकले सिईओमा सञ्जिव सुब्बालाई नियुक्त गरेको हो ।

बैंकिङ क्षेत्रका चुनौतीबारे राम्रो अध्यायन गर्ने सुब्बा नेपाल बैंकिङ ट्रेनिङ इन्ष्टिच्युटको सिईओबाट गत कार्तिकमा राजिनामा दिएका थिए । नेप्सको बुधबार बसेको बैंठकले सुब्बालाई सिईओमा ४ वर्षका लागी नियुक्ती गरिएको सनराइज बैंकका सिईओ जनक शर्मा पौड्यालले बताए ।

नेप्सको बुधबार बसेको बैंठकले सुब्बालाई सिईओमा नियुक्ती गरे पछि संचालकहरुसंग सुब्बा ।
तस्विर : सञ्जिव सुब्बाको फेसबुकबाट

सुब्बाले साउन १ गतेदेखी कार्यभार सम्हाल्न लागेको जनाएका छन । नेप्सको सिईओ रहेका प्रविन क्षेत्रीले केही महिनाअघिनै छोडिसकेकाले खाली रहेको सिईओमा सुब्बा नियुक्त भएका हुन । पछिल्लो समय चिनिया ह्याकरले एटिएमबाट अवैध पैसा चोरी गरेपछि नेप्समा आवद्ध कतिपय बैंकहरुले नेप्सँग कारोवार तोडेका छन । सुब्बाले फिनटेक लागु गर्ने र डिजिटल पेमेन्टलाई अझै प्रभावकारी रुपमा संचालन गर्न लागेको बताएका छन ।


प्रतिक्रिया दिनुहोस्