ज्योति विकास बैंकको सिईओमा श्रीचन्द्र भट्ट नियुक्त, साउन ७ बाट कार्यभार सम्हाल्ने « Arthapath.com
२५ असार २०७७, बिहीबार

ज्योति विकास बैंकको सिईओमा श्रीचन्द्र भट्ट नियुक्त, साउन ७ बाट कार्यभार सम्हाल्ने



काठमाडौं । ज्योति विकास बैंकको सिईओमा बैंकर श्रीचन्द्र भट्ट चयन भएका छन । आईएमई लाईफ इन्स्योरेन्सको सिईओबाट १ साताअघि राजिनामा गरेका भट्ट ज्योति विकास बैंकको सिईओमा नियुक्त भएका छन ।

बैंकिङ र वित्तिय क्षेत्रमाा २ दशक विताइसकेका भट्ट २२ महिनाअघि आफैले प्रवर्धन गरेको रेमिट टु नेपाल नामक रेमिट्यान्स कम्पनि छाडेर आईएमई लाईफ इन्स्योरेन्स ज्वाइन गरेका थिए ।
नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक महाप्रवन्धकसम्म हुँदै १७ वर्ष विताएका मेगा बैंकको डेपुटी सिईओ भैसकेका व्यक्ति हुन । भट्ट आइएमई लाईफ इन्स्योरेन्सको सिईओ बन्नुपुर्व रेमिट टु नेपालको सिईओ रहेका थिए । रेमट्यिान्स कम्पनीमासमेत ३ वर्ष काम गरेका भट्ट सँग बैंक रेमिट्यान्स र लाईफ इन्स्योरेन्स क्षेत्रको ज्ञान छ ।

बिहिबार साँझ बैंकले आफ्नो आधिकारिक पेजमा सिईओ नियुक्तीको सुचना जारी गरेको छ ।

बिहिबार साँझ बसेको ज्योति विकास बैंकको बोर्ड बैठकले भट्टलाई ४ वर्षका लागी सिईओ नियुक्त गरेको हो । उनले साउन ७ गतेदेखी कार्यभार सम्हाल्ने बताएका छन । ज्योति विकास बैंकका यसअघिका सिईओ मनोज ज्ञावालीले गत बैंसाख १५ मा बैंक छाडेपछि सिईओ रित्त रहेको थियो ।

ज्ञावालीले २ वर्ष सिईओ भएर ज्योतिलाई मर्ज गराउँदै राम्रो पोजिसनमका ल्याएका थिए ।
पछिल्लो समय बैंक संचालक समितिसँग कुरा नमिलेपछि ज्ञावालीले रासिजनामा दिएका थिए । ज्ञावाली नियुक्त हुनुपुर्व पनि भट्ट सिईओ बन्ने चर्चा चलेको थियो ।

बैंक अध्यक्ष हरिचन्द्र खड्काले सिईओ भट्टसँग करारनामा सम्झौता गरेका छन । भट्टले साउन पहिलो साताबाट कार्यभार सम्हाल्ने बताएका छन । बैंकिङ छाडेर रेमिट्यान्स र इन्स्योरेन्स क्षेत्रमा आवद्ध भट्ट पुनः बैंकिङमा फर्किएका छन । विरगन्जबाट बैंकिङ करिअर सुरूगरेका भट्ट भलाद्मी बैकरको परिचय बनाएका व्यक्ति हुन ।


प्रतिक्रिया दिनुहोस्