ग्लोबल आइएमई बैंकद्वारा गण्डकी प्रदेशलाई १० लाख सहयोग
![](https://www.arthapath.com/wp-content/uploads/2020/07/GIBL-scaled.jpg)
काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना रोेकथाम तथा नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारलाई १० लाख सहयोग गरेको छ ।
बिहीबार एक कार्यक्रमकाबीच बैंकको गण्डकी प्रादेशिक कार्यालय प्रमुख महेश सिलवालले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले कोराना रोकथाम तथा नियन्त्रणका लागि सहयोग प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिए ।
बैंकले स्थापनाकाल देखि विपत्तीको अवस्थामा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा गर्दै आएको छ ।