हिमालयन बैंकका संचयकर्ताहरुले ऋणको सावा र व्याज भुक्तानी कनेक्ट आइपीएस् इपेमेन्टद्वारा गर्न सक्ने
काठमाडौं । हिमालयन बैंक लिमिटेड र कर्मचारी संचयकोष बिच सम्झौता भएको छ ।
अब कर्मचारी संचय कोषमा रकम संचय गर्दैं आएका संचयकर्ताहरुले कोषबाट लिएको ऋणको सावा र व्याज भुक्तानी कनेक्ट आइपीएस् (Connect IPS) इपेमेन्टद्वारा (E-Payment) गर्न सक्ने छन ।
सम्झौता पत्रमा बैंकका तर्फबाट वरिष्ठ व्यवस्थापक शंकर जोशी र कोषका तर्फबाट मुख्य व्यवस्थापक अर्जुन कुमार गौतमले हस्ताक्षर गरेका छन ।
बैंकले कोषसंगको सम्झौता पश्चात कोषका संचयकर्तालाई लाभ पुग्ने विश्वास लिएको विज्ञपितमा बताइएको छ ।