ग्लोबल बैंकले साना तथा मझौला व्यवसायीकर्जा अब ८.९९%मा दिने « Arthapath.com
५ श्रावण २०७७, सोमबार

ग्लोबल बैंकले साना तथा मझौला व्यवसायीकर्जा अब ८.९९%मा दिने



ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै मात्र ८.९९५व्याजदरमा साना तथा मझौलाव्यवसायी कर्जा (SME Loan) उपलब्ध गराउने भएको छ


बैंकले, कोरोना (कोभिड–१९)ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरुलाई हौसला र साथ प्रदान गर्दै उत्पादनमा बृद्धि गर्ने उद्देश्यका साथ छोटो अवधिमैकर्जा प्रवाह गर्न लागेको हो ।


कर्जा लिन चाहने गा्रहकहरुले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ कार्य दिन भित्र विना झन्झट कर्जा प्राप्त गर्न सक्नुछन ।


ग्राहकरुले नेपालभरी फैलिएका ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखाहरुबाट योसुविधा उपभोग गर्न सक्नेछन ।

यस सेवा अन्तर्गत आफ्नो व्यवसाय विस्तार गर्ने उद्देश्य लिएका व्यवसायीहरुलाई विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा रु.१५ लाख देखि देखि रु. १ करोड सम्म कर्जा उपलब्ध गराइने छ ।


प्रतिक्रिया दिनुहोस्