राष्ट्रिय वाणिज्य बैंकले पनि घटायो कर्जाको ब्याजदर « Arthapath.com
८ श्रावण २०७७, बिहीबार

राष्ट्रिय वाणिज्य बैंकले पनि घटायो कर्जाको ब्याजदर




काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रवाह गर्ने सम्पूर्ण कर्जाको ब्याजदर २०७७ श्रावण ७ गतेबाट एकल अङ्कमा हुने गरी तोकेको छ ।

बैंकले यही हिजोदेखि लागु हुने गरी नया तथा पुराना ग्राहकहरुको लागि कर्जाको ब्याजदर अधिकतम ९.३२ प्रतिशत मात्रै हुने गरी तोकेको छ ।
हाल बैंकको आधारदर ६.०७ प्रतिशत रहेको छ ।


बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।


प्रतिक्रिया दिनुहोस्