एभरेष्ट बैंकले ल्यायो घर भाडा भन्दा सस्तो “घर कर्जा” « Arthapath.com
९ श्रावण २०७७, शुक्रबार

एभरेष्ट बैंकले ल्यायो घर भाडा भन्दा सस्तो “घर कर्जा”



काठमाडौं । एभरेष्ट बैंकले ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै “चाडपर्व विशेष कर्जा योजना” ल्याएको छ । यस अन्तर्गत सबै क्षेत्रलाई समेट्दै, घर भाडा भन्दा सस्तो “घर कर्जा”, स्वरोजगार तथा उद्यमीको लागी “साना तथा मझौला उद्योग कर्जा, आफ्नै सावारी साधनको लागि “गाडी तथा मोटरसाइकल कर्जा”, तथा व्यक्तिगत प्रयोजनको लागि “व्यक्तिगत कर्जा”, योजना ल्याएको छ ।

यहि आउदो श्रावण १५ देखि कार्तिक १४ सम्म लागु हुने यस कर्जा योजनामा घर कर्जा ८.२५५, साना तथा मझौला उद्योग कर्जा ८.२५५, गाडी कर्जा ९.५५५, मोटरसाइकल कर्जा १०.५५५ तथा व्यक्तिगत कर्जा ९.५५५ ब्याजदरमा उपलब्ध हुनेछ । यस चाडपर्व विशेष कर्जा योजनामा प्रशासनिक शुल्क ०।५० ५ मात्र हुने साथै अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा स्वीप गर्दा सेवा शुल्कमा अतिरिक्त छुट हुनेछ। यस योजनामा सहभागी हुने ग्राहाकहरुलाइ क्रेडिट कार्ड लिदा ५०।ण्ण् ५ छुट समेत उपलब्ध हुनेछ । यस कर्जा योजनाबाट ग्राहकहरुलाई भरपुर फाइदा पुग्ने तथा आउँदै गरेको चाडपर्वहरुमा थप खुसियाली थपिने छ भन्ने बैंकले विश्वास लिएको छ ।

स्थापना कालदेखिनै ग्राहाकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो ९५ शाखा संजाल, प्रादेशिक कार्यालय , १२४ एटिएम बुथ सहित अत्याधुनिक मोबाइलरइन्टरनेटरएसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्