सनराइज बैंकले ल्यायो छिटो छरितो घर कर्जा ८.९५ प्रतिसत मै « Arthapath.com
११ श्रावण २०७७, आईतवार

सनराइज बैंकले ल्यायो छिटो छरितो घर कर्जा ८.९५ प्रतिसत मै



काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ । बैंकले छिटो छरितो घर कर्जा ८.९५ प्रतिसत व्याजमै उपलब्ध गराउने जनाएको छ ।

सहज तथा सरल कस्ताबन्दीमा घर निर्माण, घर तथा जग्गा खरिद र सेयरको धितोमा कर्जा दिनेव्यवस्था गरेको छ । सनराइज घर कर्जा अन्तर्गत सेवाग्राहीले ४० वर्षसम्मको अवधिका लागि ८.९५५ व्याजदरमा घर जग्गा कर्जा लिन पाउनेछन्। यसै गरी बैंकलेशेयर धितो कर्जामा ९.९५५ ब्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ ।

कोरोनाको कारण अर्थव्यवस्थामा परिरहेको असहज परिस्थितिका बावजुत पनि कर्जा सुबिधालाई सहजीकरण गर्ने उद्देश्यले बैंकले यो योजना ल्याएको हो । कर्जा लिन चाहने ग्राहकहरुले विना झन्झट छिटो छरितो कर्जा प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले देशका १ सय ३४ स्थानमा फैलिएको सनराइज बैंकका शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्ने जनाएको छ । समित अवधिको लागि ल्याइएको यस योजनाबाट लाभ लिन सम्बन्धित सबै पक्षहरुबाट बैंकले अपेक्षा गरेको छ ।


प्रतिक्रिया दिनुहोस्