एन आई सी एशिया बैंकको शाखाहरूबाट Digital Account Opening प्रणालीमा आफैले खाता खोल्न सक्ने « Arthapath.com
१२ श्रावण २०७७, सोमबार

एन आई सी एशिया बैंकको शाखाहरूबाट Digital Account Opening प्रणालीमा आफैले खाता खोल्न सक्ने



काठमाडौ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ लाखौं ग्राहकमाझ गतिशिल बैंकिङ्गको अभ्यास गर्दै आएको यस एन आई सी एशिया बैंकले सेवाग्राही आफै बैंकको शाखा पुगेर डिजिटल माध्यमबाट बचत खाता खोल्न मिल्ने Digital Account Opening प्रणालीको सुरुवात गरेको छ ।

ग्राहकहरूले उक्त Digital Account Opening प्रणालीमार्फत भौतिक फारमको सट्टा खाता खोल्नको लागि आवश्यक आफ्नो विवरण, फोटो, औंठाछाप, हस्ताक्षर लगायतका विवरणहरू डिजिटल प्रणालीबाटै भरी बचत खाता सहज तरिकाले खोल्न सक्ने व्यवस्था बैंकले गरेको हो ।


यस प्रणालीमा सेवाग्राहीहरूले चमत्कारिक सुविधाहरूले भरिपूर्ण ९ वटा न्यू प्रिमियम सुपर चमत्कारिक खाता योजनाहरूमध्ये आफुले इच्छाएको खाता छनौट गरी बिना झन्झट आफ्नो खाता डिजिटल रुपमा खोल्न सक्नेछन ।


कम्प्युटरमा दक्षता नपुगेका गा्रहकाका लागी बैंककै कर्मचारीहरूको सहयोगमा डिजिटल रुपमा खाता खोल्न सकिने समेत व्यवस्था गरेको छ ।

जसका लागि बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरूमा छुट्टै डिजिटल लबीको व्यवस्था गरेको छ ।


प्रतिक्रिया दिनुहोस्