मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालक शर्मा नियुत्त « Arthapath.com
१८ श्रावण २०७७, आईतवार

मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालक शर्मा नियुत्त




काठमाडौं । मुक्तिनाथ विकास बैंकको संचालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ (३) बमोजिम श्यामसुन्दर शर्मालाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको छ ।


उनले नेपाल सरकारको उच्च पदमा रही विभिन्न मन्त्रालय अन्तर्गत करिव ३९ वर्ष काम गरी सक्नुभएको छ । नेपालमा उनी एक व्यवस्थापन विज्ञको रुपमा परिचित हुनुहुन्छ ।

र विभिन्न दातृ निकायहरुमा नीतिगत परामर्शदाताको रुपमा कार्य गर्दै आएका छन ।


मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३७ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।


साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको छ ।


प्रतिक्रिया दिनुहोस्