ग्लोबल आइएमई बैंकका डेपुटी सिइओ शाक्यले दिए राजीनामा
काठमाडौं । ग्लोबल आइएमईका बैंकका डेपुटी सिइओ सुजीत शाक्यले शुक्रबार राजीनामा दिएका छन ।
ग्लोबल आइएमई बैंकसंग मर्ज भएको जनता बैंकका डेपुटी सिइओ रहेका शाक्य बैंक मर्ज भए पश्चात पनी डेपुटी सिइओ रहेका थिए ।
ग्लोबल आइएमईका बैंकका सिइओ पशुराम कुवर क्षेत्रीले बैंक छाडेपछि उनी संगै आएका शाक्यले पनी ग्लोबल आइएमईका बैंक छाडेका छन ।
शाक्य छिटै नविल बैंकको डेपुटी सिइओ हुने बताइएको छ ।
उनलाई नविल बैंक व्यवस्थापन समितिले डेपुटी सिइओमा नियुक्त गरीसकेको छ ।
ग्लोबल आइएमई र जनता बैंक गरी १५ महिना बिताएका शाक्यसंग २३ वर्षको बैकिङ अनुभव रहेको छ ।
त्यसअघि २ वर्ष सिभिल बैंकको चिफ विज्नेस अफिसर विजियम रहेका शाक्य ग्लोबल आइएमईका बैंकका सिइओ कुवरको राजीनामा पछि ग्लोबल आइएमईका बैंक छोड्ने मनस्थितिमा पुगेका थिए ।
उनले विहिबार बैकका अध्यक्ष चन्द्र ढकालसंग भेट गरी बैंक छाड्ने जानकारी गराएका थिए ।
उनले भाद्र्रदेखिनै नविल बैंकको कार्यभार समहाल्ने बताइएको छ ।