कोरोनाको जोखिम बढेपछि बैंकहरुमा आंसिक सेवा, सनराईज बैंकको नियमित बाहेक अन्य काउन्टरहरु बन्द « Arthapath.com
२७ श्रावण २०७७, मंगलवार

कोरोनाको जोखिम बढेपछि बैंकहरुमा आंसिक सेवा, सनराईज बैंकको नियमित बाहेक अन्य काउन्टरहरु बन्द



काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका तराई जिल्लाहरुमा कोरोनको जोखिम बढेकाले बैंकहरुले आंसिक सेवाहरु दिन थालेका छन । जोखिक क्षेत्रहेरी बैंकले कर्मचारीको मुभमेन्ट घटाउन थालेका छन ।

कोभिड १९ संक्रमणको जोखिम न्यूनीकरण एवम स्वास्थ्य सुरक्षाका लागि नेपाल सरकारले देशका विभिन्न स्थानहरुमा लागु गरेको बन्दाबन्दी, निषेधाज्ञा, सार्वजनिक तथा निजी सवारी साधनको आवगमनमा जोर र विजोर प्रणाली लगायतका विशेष व्यवस्था लागु गरेको कारण बैंकहरुले सेवा घटाउन थालेका हुन ।

सनराइज बैंकले नियमित काउन्टरहरु बाहेक अन्य काउन्टरहरु (बिदाका दिन संचालन हुँदै आएका काउन्टर र विस्तारित सेवा काउन्टर) साउन २७ गते देखि अर्को सूचना जारी नभएसम्मका लागि उपलब्ध नहुने बैंकले जानकारी गराएको छ ।

हाललाई काउन्टरहरू आइतबार देखि बिहिबार बिहान १०ः३० देखि ४ बजे सम्म (ग्रामिण शाखाहरू बिहान १०ः३० देखि २ बजे सम्म) र शुक्रबार बिहान १०ः३० देखि २ः०० बजेसम्म खुल्ला रहने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्