कामना सेवा विकास बैंकले एक्यानका सदस्यहरुलाई बीच बिना धितोमा कर्जा दिेने « Arthapath.com
३० श्रावण २०७७, शुक्रबार

कामना सेवा विकास बैंकले एक्यानका सदस्यहरुलाई बीच बिना धितोमा कर्जा दिेने



काठमाडौं । नेपाल चार्टड एकाउन्टेन्ट संघ. (एक्यान) र कामना सेवा विकास बैंकबीच एक्यानमा आवद्ध सदस्यहरुलाई बिना धिता प्रोफेश्नल कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ वि.सं २०३५ सालमा स्थापना भएको गैर नाफामूलक, गैर राजनैतिक तथा नेपाली चार्टर्ड एकाउण्टेण्ट्सहरुको एक मात्र पेशागत संघ हो । यसको मुख्य उद्धेश्य देशमा लेखा ब्यवसायको संरक्षण एवम् सम्र्वदन गरी सुब्यवस्थित एवम् सुचारु रुपले लेखा ब्यबसाय संचालन गराउने तथा सदस्यहरुको सामूहिक हितको संरक्षण गर्नु हो ।

द्विपक्षीय समझदारी अनुसार एक्यानका सदस्यहहरुलाई सरल तरिकाबाट बैंकको १२४ शाखाबाट एकै दिनमा बिना धितोमा १५ लाख सम्मको प्रोफेश्नल कर्र्जा प्रदान गरिने बैंकले जनाएको छ । यो सम्झौता पछि एक्यानका सदस्यहरुलेव् यक्तिगत आवश्यकताहरु पूरा गर्नको लागि सहुलियतपूर्ण बैंकिङ सुविधा (कर्जा) लिन सहज हुने संघका उपाध्यक्ष रमेश धितालले जानकारी दिए । साथै, एक्यानमा आवद्ध सदस्यका श्रीमतिद्वारा सञ्चालित व्यापार व्यवासयलाई समेत सहुलियतपूर्ण कर्जा प्रवाहको लागि समझदारी भएका छ ।

यस समझदारी पत्रमा कामना सेवा विकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेपाल चार्टड एकाउन्टेन्ट संघ. तर्फबाट अध्यक्ष आनन्द राज शर्मा वाग्लेले कामना सेवा विकास बैंकको केन्द्रिय कार्यलयमा आयोजित एक कार्यक्रमकाबीच हस्ताक्षर गरे ।


प्रतिक्रिया दिनुहोस्