प्रभु बैंकले कमायो १ अर्व ३६ करोड, १ प्रतिसत एनपिएल घटायो « Arthapath.com
३१ श्रावण २०७७, शनिबार

प्रभु बैंकले कमायो १ अर्व ३६ करोड, १ प्रतिसत एनपिएल घटायो



काठमाडौं । प्रभु बैंकले गत आवमा १ अर्व ३६ करोड कमाएको छ । बैंकले शुक्रबार वित्तिय विवरण प्रकाशित गर्दै गत असारमसान्तसम्ममा १ अर्व ३६ करोड नाफा कमाएको जनाएको छ । बैंकले १ खर्व २८ अर्व निक्षेप संकलन गरी ९९ अर्व ६९ करोड कर्जा लगानी गरेको जनाएको छ ।

चुक्ता पूँजी १० अर्ब ३१ करोड रहेको प्रभु बैंककले अघिल्लो आवमा भन्दा ४२ करोड नाफा घटेको छ । बैंककले अघिल्लो आवमा १ अर्व ७८ करोड नाफा गरेको थियो । कोरोनाका कारण झण्डै २ अर्व रुपैयाँ किस्ता र व्याज उठ्न सकेको छैन ।

कोरोनाको कारण सोचेजती किस्तार व्याज नउठेकाले नाफा केही घटेको बैंकको सीईओ अशोक शेरचनले बताए । प्रभु बैंकको जगेडामा ४ अर्ब १८ करोड रुपैयाँ रहेको छ । प्रभु बैंकले निक्षेप भने बढाएको छ ।

अघिल्लो आवमा १ खर्व ५ अर्व निक्षेप रहेकोमा गत असार मसान्तसम्ममा असार बढाएर १ खर्ब २८ अर्ब निक्षेप संकलन गर्न सफल भएको छ । बैंककले कर्जा प्रवाहमा पनि १५ अर्व बढाएको छ । बैंककले खराव कर्जाअनुपात भने झडै १ प्रतिसत घटाएको छ । अघिल्लो आवमा ३.७६ रहेको खराव कर्जा अनुपात घटाएर २.८१ प्रतिसतमा ल्याएको छ ।


प्रतिक्रिया दिनुहोस्