मर्ज हुने भए एनआइसी एशिया र स्वदेशी लघुवित्त, चुक्ता पुँजी १ अर्ब ७५ करोड पुग्ने « Arthapath.com
३२ श्रावण २०७७, आईतवार

मर्ज हुने भए एनआइसी एशिया र स्वदेशी लघुवित्त, चुक्ता पुँजी १ अर्ब ७५ करोड पुग्ने



काठमाडौं । एनआईसी एसिया लघुवित्त र स्वदेशी लघुवित्त मर्जरमा जाने भएका छन । सुनसरीको इटहरीमा मुख्य कार्यालय रहेको स्वदेशी लघुवित्त र जाजरकोटको भेरी नगरपालिकामा केन्द्रीय कार्यालय भएका एनआईसी एशिया लघुवित्त वित्तिय संस्था गाभिने भएका छन ।

दुबै लघुवित्तले एक आपसमा गाभिने सैदान्तिक सहमती गरिसकेका छन । मर्जर प्रक्रियाको एमओयूमा हस्ताक्षर गरेका दुई लघुवित्को सेयर कारोवार रोक्का गरिएको छ । दुई कम्पनीले मर्जरको लागी आइतबार समझदारी पत्रमा हस्ताक्षर गरेका छन ।

१ अर्व ४८ करोड चुक्ता पुँजी भएको एनआईसी एशिया लघुवित्तको र २७ करोड ६० लाख चुक्ता पुँजी भएको स्वदेशी लघुवित्त मर्जरपछि चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ पुग्नेछ ।

गत आवको अन्त्यसम्ममा एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले १९ करोड ६४ लाख नाफा कमाएको छ भने स्वदेशी लघुवित्तले २ करोड ५२ लाख नाफा कमाएको छ ।


प्रतिक्रिया दिनुहोस्