घरैबाट डिजिटल बैंकिङ प्रयोग गरौं, बैंक नजाऔं : बैंकर्स संघ « Arthapath.com
६ असार २०८२, शुक्रबार

घरैबाट डिजिटल बैंकिङ प्रयोग गरौं, बैंक नजाऔं : बैंकर्स संघ



काठमाडौं । अहिलेको युग प्रविधिको युग हो । वित्तिय कारोवारमा अहिले बैंकहरुले डिजिटलाइज गर्दै आएका छन ।

कसले सहज र सर्वसुलभ डिजिटल सुविधा दिने भनेर बैंकहरुले प्रतिस्प्रर्धा गरिरहेका छन । अहिले सरकारले घरमै बसौं कोरोनाको जोखिमबाट बचौं भनेको छ । यस्तो अवस्थामा बैंकका ग्राहाकहरुलाई बैंकको साखा÷काउन्टरसम्म जानै पर्दैन ।


घरमै बसीबसी वित्तिय कारोवारमार्फत आफ्नौ दैनिक आवश्यकतता पुरा गर्न सकिन्छ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिृकतहरुको संगठन नेपाल बैंकर्स संघले डिजिटल कारोबारलाई प्राथमिकतामा राख्न सर्वसाधारणलाई अनुरोध गरेको छ । कोरोना भाइरसको जोखिम थप बढेको भन्दै संघले सोमबार सार्वजनिक अपिल गर्दै बैंकिङ कारोबारका लागि डिटिजल माध्यम अपनाउन अनुरोध गरेको हो ।

डिजिटल बैंकिङ्ग (मोबाइल/इन्टरनेट बैंकिङ्ग) को माध्यमवाट प्राय: जसाे सबै प्रकारका दैनिक कारोवार गर्न सकिने हुनाले डिजिटल बैंकिङ्गसेवाको अझ बढी प्रयोग गर्नुपर्ने संघले बताएको छ ।

एउटा खातावाट अर्को कुनै खातामा रकम जम्मा गर्न, विभिन्न बिलहरु भुक्तानी गर्न, आफ्नो खाताको कारोबार विवरण हेर्न, खातामा रहेको रकम हेर्न, आदि कामहरु सहज रुपमा डिजिटल बैंकिङ्गवाट गर्न सकिने हुनाले घरमै बसी सहज रुपमा बैंकिङ्ग कारोबार गर्न पनि संघले अनुरोध गरेको छ ।


डिजिटल बैंकिङ्ग प्रयोग गर्न कुनै पनि प्राबिधिक समस्या भएमा, पासवर्ड विर्सिएमा वा अन्य कुनै अफ्ठ्यारो परेको खण्डमासम्बन्धित बैंकको शाखामा फोन मार्फत सम्पर्क गर्न संघले भनेको छ ।


प्रतिक्रिया दिनुहोस्