भोलीदेखी बैंकका कर्मचारीले आइडि कार्ड देखाएर हिँड्न पाउने (निषेधाज्ञमा के खुल्छ के खुल्दैन विज्ञेप्तीसहित) « Arthapath.com
३ भाद्र २०७७, बुधबार

भोलीदेखी बैंकका कर्मचारीले आइडि कार्ड देखाएर हिँड्न पाउने (निषेधाज्ञमा के खुल्छ के खुल्दैन विज्ञेप्तीसहित)



काठमाडौं । भोली बिहिबारदेखी काठमाडौं उपत्यकाका तिनै जिल्लामा निषेधाज्ञा जारी भएको छ । बुधबार राति १२ बजेदेखी उपत्यकामा अत्यआवश्यक काम बाहेक अन्यलाई घरभित्रै रहन आग्रह गरिएको छ । निषेधाज्ञाको समयमा अटेर गरी हिँडडुल गरेमा सुरुक्षाकर्मीले प्रकोप ऐनको मुद्धा चलाउनसक्नेछ ।

निषेधाज्ञाको बेलामा बैंकहरुभने आंसिकरुपमा संचालन हुनेछन । बैंकिङ सेवा नियमित हुने र सकेसम्म घरैबाट डिजिटल बैंकिङ प्रयोग गर्न नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । निषेधाज्ञाको समयमा बैंकका कर्मचारीले आफ्नो फोटो भएको परिचयपत्रको आधारमा आवागमन गर्न पाइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहलले अर्थपथलाई बताए । उनले भने ‘राष्ट्र बैंककले तोकेको निष्चित साखामात्रै संचालन गर्न निर्देशन दिएको छौं ।ʹ

बैंक तथा वित्तीय संस्थाको हकमा मर्चुअल तथा अनलाइनको माध्यमबाट सेवा प्रवाह गर्ने र सम्भव नभएमा मात्र न्यूनतम कर्मचारी बोलाएर सेवा दिन दिने बैठकले निर्णय गरेको छ ।

कोरोना भाईरस रोकथाम तथा नियन्त्रण गर्न बुधबार राती १२ बजेदेखी काठमाडौं, ललितपुर र भत्तपुरका जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा जारी गरेको हो । भदौ १० गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी रहेको समयमा अत्यआवश्यक बाहेकका सबै सेवा बन्द हुनेछन ।


प्रतिक्रिया दिनुहोस्