बिहिबारदेखी उपत्यकामा बाणिज्य बैंकको ८, विकास बैंककको ४ र वित्त कम्पनीको ३ शाखामात्रै खुल्ने « Arthapath.com
३ भाद्र २०७७, बुधबार

बिहिबारदेखी उपत्यकामा बाणिज्य बैंकको ८, विकास बैंककको ४ र वित्त कम्पनीको ३ शाखामात्रै खुल्ने



काठमाडौं । विहिबारदेखी काठमाडौं उपत्यकामा स्थानिय प्रसाशनले निषेधाज्ञा जारी गरेको छ । सो समयमा बैंकहरुले बढिमा ८ ओटा शाखामात्रै खोल्न पाउने भएका छन । नेपाल राष्ट्र बैंककले कोरोनाको संक्रमण बढेको भन्दै स्थानिय प्रसाशनले निषेधाज्ञा जारी गरेपछि बैंकहरुले ८ ओटासम्म साखा खोल्न पाउने भएका छन ।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंकर्स संघले एउटा बाणिज्य बैंकले काठमाडौंमा ५, ललितपुरमा २ र भक्तपुरमा एक शाखा खोल्ने पाउने निर्णय गरेको छ । बेंकर्ष संघका अध्यक्ष भुवन दाहालका अनुसार वाणिज्य बैंकहरुले आवश्यकता अनुसार शाखाहरु केही बढी पनि खोल्न सक्ने छन ।
त्यसैगरी विकास बैंकहरुले पनि कम्तिमा ३० प्रतिसत शाखा खोल्ने निर्णय गरेको छ । विकास बैंकर्स संघका अध्यक्ष गोविन्द ढकालका अनुसार काठमाडों उपत्यकामा पालैपालो कम्तिमा ४ ओटासम्म साखा खोल्नसक्ने निर्णय भएको बताए । उनले कर्मचारीलाई पनि पालैपालो काममा लगाउन आग्रह गरेको छ ।

त्यस्तै वित्त कम्पनी संघले पनि फाइनान्स कम्पनीहरु काठमाडौंका तिन जिल्लामा एक जिल्लामा १ साखा खुलाइने बताएको छ । वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरका अनुसार फाइनान्स कम्पनीहरुले तिनओटा शाखाबाट सेवा दिन लागेको बताए ।

बैंकहरुका कर्मचारीहरुलाई स्थानिय प्रशासनले फोटोसहितको परिचयपत्र देखाएर बैंकसम्म आवात जावत गर्न पाइने भएको छ । बैंकहरुले आफ्ना सिमिति शाखा खोल्ने र कर्मचारीलाई पनि आलोपालो खटाउन निर्देशन दिएको राष्ट्र बैंकका नियमन विभाग प्रमुख देवकुमार ढकालले बताए ।

बैंकका कर्मचारीलाई लकडाउनमा भन्दा सहज हुने भएको छ । परिचयपत्र देखाएर अफिस आउन जान पाइने व्यवस्थाले थप सहज भएको छ । राष्ट्र बैंककले कोरोनाको जोखिम बढेकाले सकेसम्म डिजिटल कारोबारमा सहभागी हुन सबैमा आग्रह गरेको ढकालले बताए ।


प्रतिक्रिया दिनुहोस्