बैंक कर्मचारीलाई रोकिएको छैन : काठमाडौं प्रजिअ दाहाल « Arthapath.com
४ भाद्र २०७७, बिहीबार

बैंक कर्मचारीलाई रोकिएको छैन : काठमाडौं प्रजिअ दाहाल



काठमाडौं । कोरोनाको संक्रमण बढेपछि स्थानिय प्रशासनले आजदेखी १ साता निषेधाज्ञा जारी गरेको छ । स्थानियण् प्रशासनले बैंक वित्तिय संस्थाका कर्मचारीलाई परिचयपत्रको आधारमा बैंकका साखासम्म जान पाउने भनेपनि आज विहिबार धेरै बैंकका कर्मचारी ट्राफिकको फन्दामा परे ।

बाटोमा सुरुक्षा अवस्था कडा बनाउँदै बसेका सुरक्षाकर्मीले बैंकका कर्मचारीलाई पनि रोकेपछि बैंकहरुले सेवानै बन्द गर्ने निर्णय गरेका छन । उता काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले विहानै प्रहरीलाई सूचना तलसम्म पुर्याउन ढिलाई भएपनि विहान १० बजेपछि कुनैपनि बैंक कर्मचारीलाई नरोकिएको दावी गरे ।

दाहालले भने बैंक मात्रै होइन बीमा, मर्चेन्ट बैंकरलगायत सबै वित्तिय क्षेत्रको साथै अन्य सरकारी तथा गैरसरकारी कार्यलयका कर्मचारीले पनि आफ्नो परिचयपत्र बोकेर अत्यआवश्यक काममा जान अवरोध नहुने दाहलले दावी गरे । तर हामीले राष्ट्र बैंकसंग समन्वय गरेर कमभन्दा कम कर्मचारीबाट सेवा प्रवाह गर्न गराउन आग्रह गरेका छौं प्रजिअ दाहालले भने ।

त्यसैगरी ट्राफिक प्रहरी प्रवक्ता बामदेव गौतममले समन्वयको अभावमा केही कमजोरी भएपनि सबै सर्कुलर गरिसकेको बताए । अव बैंक बीमालगायत वित्तिय क्षेत्रका कर्मचारीलाई अव रोक नहुने गौतमले बताए । उता बैंकर्स संघले भने आफ्ना कर्मचारीमाथी प्रहरीले अवरोध गरेपछि सबै बैंकका शाखा बन्द गरेका छन ।

एक बाणिज्य बैंकका सीईओका अनुसार राजधानीमा ६ ओटा शाखा खोल्न जान लागेका कर्मचारीलाई प्रहरीले बाटोमा रोकेपछि सबै बैंकका शाखा बन्द गरिएको बताए । उनले भने म आफैपनि प्रहरीको फन्दामा परेँ कर्मचारीलाई पनि १ घण्टा प्रहरीले बाटोमा रोकेपछि कसरी सेवा दिनु ति बैंकरको प्रतिक्रिया थियो ।

विहान केही समय बैंकका कर्मचारीलाई रोकिएको थियो । सूचना ढिलो प्रवाह हुँदा केही समस्या आएपनि बैंकिङ सेवामा सुचारु भएको नेपाल राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले बताए ।


प्रतिक्रिया दिनुहोस्