बैंक कर्मचारीलाई नराेक्न गृहकाे निर्देशन, शुक्रबारदेखी बैंकहरूले ४ मात्रै शाखा खाेल्ने « Arthapath.com
६ असार २०८२, शुक्रबार

बैंक कर्मचारीलाई नराेक्न गृहकाे निर्देशन, शुक्रबारदेखी बैंकहरूले ४ मात्रै शाखा खाेल्ने



काठमाण्डाैं । विहिबार अत्यअावश्यक अन्तर्गत पर्ने बैंक वित्तिय संस्था खुलेनन् । स्थानिय प्रशासनले बैंकका कर्मचारीलाई नराेक्ने भनेपनि विहिबार विहान कतिपय बैंकका सिईअाेहरूसमेत प्रहरीकाेे फन्दामा परे । शुक्रबारदेखि निषेधाज्ञा अवधीभर काठमाडौं उपत्यकाका बैंक खुल्ने वातावरण बनाउन गृह मन्त्रालयले संवन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन गरेकाे छ ।

बाणिज्य बैंकहरुले बैंक खाेल्ने वातावरण बनाउन अपिल गरेसँगै शुक्रबारदेखी बाणिज्य बैंकका चार वटामात्रै शाखा खुल्ने भएका छन् । निषेधाज्ञाको पहिलो दिन ट्राफिक प्रहरीले सडकमै बैंकका कर्मचारीमाथी रोकेपछि बैंकका कार्यालयहरु बन्द गरिएका थियाे । 

नेपाल बैंकर्स संघले शुक्रबारदेखि भने उपत्यकाका तीन जिल्लामा गरी ४ अाेटा शाखाबाट सेवा दिने निर्णय भएकाे बैकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । हिजाे ८ शाखा खाेलेर सेवा दिन तत्पर रहेका बैकरहरू पव्लिक बैंकसम्म जाने अवस्था नभएकाले ४ शाखाबाट सेवा दिन तयार भएका छन ।

त्यसरी खुला हुने बैंकका शाखाहरुको विवरण बैंकहरुले आफ्नो वेवसाइटमा राख्ने निर्णय पनि संघले गरेको छ । बैकर्स संघले शुक्रबारदेखि अत्यअावश्यक वित्तिय सेवा उपलब्ध गराउने निर्णय गर्दै भनेको छ-‘काठमाडौं उपत्यकाका वाणिज्य बैंकका अधिकांश कार्यालयहरु बन्द हुने बाध्यात्मक अवस्था सृजना हुन गएकोले यसवाट ग्राहक महानुभावहरुमा पर्न गएको असहजताका निमित्त क्षमाप्रार्थी छौं । जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञाको समयमा समेत अत्यावश्यक सेवा प्रदान गर्नका निम्ती हामी प्रतिबद्ध छौं ।’ 


प्रतिक्रिया दिनुहोस्