नेप्सेमा सूचीकृत एनएमबि बैंकको ५० करोड रुपियाँ बराबरको डिबेञ्चर खारेज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एनएमबि डिबेन्चर २०७७ को सूचीकरण खारेजी गरेको छ । बैंकले भदौ ४ गते नेप्सेलाई पत्र लेख्दै भदौ ५ गतेदेखि ७५ एनएमबि डिबेञ्चर २०७७ परिपक्व हुने भएकाले सूचीकरण खारेजीको लागि निवेदन दिएको थियो ।
सोही निवेदन अनुसार नेप्सेले सूचीकृत खारेजी गरेको हो । एनएमबि बैंकले निष्कासन गरे यो डिबेञ्चर ५० करोड रुपैयाँ बराबरको ५ लाख इकाई रहेको थियो ।
