बैंकहरुमा भिडभाड बढ्यो, खोल्ने शाखा बढाउँदै « Arthapath.com
८ भाद्र २०७७, सोमबार

बैंकहरुमा भिडभाड बढ्यो, खोल्ने शाखा बढाउँदै



काठमाडौं । राजधानी काठमाडौ अहिले कोरोनाको कारण निषेधाज्ञाको अवस्थामा छ । सरकारले बैंक वित्तिय संस्थालाइ अत्यआवश्यक सेवा भएकाले सुरक्षा अपनाएर संचालन गर्न आग्रह गरेको छ । निषेधाज्ञा पनि खुलेका बैंकका सिमित काउन्टरहअरुमा सर्वसाधारणको भिड बढेपछि राष्ट्र बैंककले थप साखा खोल्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकका नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले भने ‘हामीले भिडभाडको अवस्था हेरेर काठमाडौं उपत्यकामा ५/६ ओटासम्म साखा खोलेर सेवा दिन भनेका छौं ।’ शुक्रबार र आइतबार सोमबार २/३ ओटा कम्पनीको आईपिओ भर्ने म्याद भएकाले पनि बैंकहरुमा भिड देखिएको भन्दै ढकालले भने भोलीबाट भिड कम हुँन्छ भन्ने अपेक्षा गरेका छौं ।

प्राइम बैंक सोह्रखुट्ट शाखामा ग्राहाक भित्र नअटेर बाहिर सडकमा लाइन बस्दै ।

आज सोमबारसम्म रिलायन्स लाईफ इन्स्योरेन्स र समता माइक्रोफाइनान्सको आइपिओ भर्ने म्याद छ । हिजो आइतबारसम्म लिवर्टी इनर्जीको आइपिओ भर्ने म्याद थियो । त्यसैले बैंकहरुमा भिडभाड देखिएपछि राष्ट्र बैंककले आफ्नो कार्यालयको अवस्था हेरेर कार्य संचालन गर्न निर्देशन दिएको कार्यकारी निर्देशक ढकालले बताए ।

बैंक कर्मचारीलाई परिचयपत्रको आधारमा शाखासम्म आउनजान दिने भनेपछि सडकमा भिड बढेको भन्दै राष्ट्र बैंककले बैंकका कर्मचारीमा समेत सिमा तोक्न लागेको हो । बढीमा ५० जना कर्मचारीले उपत्यकाको मुख्यालयसहित खुल्ने ५ ओटा शाखा थान्नुपर्ने मौखिक निदेशन दिएको जनाइएको छ ।

पहिले ३० जना कर्मचारीले उपत्यकामा न्युनतम ३ ओटा शाखा खोल्ने सहमती भएपनि बैंकहरुमा भिड बढेकाले कम्तिमा ५० जना कर्मचारीले सेवा दिनुपर्ने निर्देशन आएको सनराइज बैंकका सीईओ जनक शर्मा पौडेलले बताए । अहिले बेंकमा भिड बढेकाले यस्तो अवस्थामा शाखा बढाउन निर्देशन आएको पनि पौडेलले बताए ।


प्रतिक्रिया दिनुहोस्