निषेधाज्ञाले ३ दिन अघि स्थगित भयो नेपाल फाइनान्सको साधारणसभा

काठमाडौं । साधारणसभाको तोकिएको मितिको ३ दिनअघि नेपाल फाइनान्सको साधारणसभा स्थगित भएको छ । भदौ ११ गते तोकिएको साधारणसभा ३ दिन अघि साधारण सभा स्थगित भएको हो ।
फाइनान्सले ८ वर्षदेखी हुन नसकेको साधारणसभा विहिबारलाई आह्वान गरेको थियो । राजधानिको एल्लो प्यागोडा होटल, कान्तिपथमा तोकिएको सभा कोरोनको कारण स्थगित भएको छ ।
उपत्यकाको ३ जिल्ला भदौ १० गतेसम्म निषेधाज्ञा जारी भएकाले नेपाल लाइनान्सले सभा स्थगित गरेको हो । फाइनान्सले चुक्ता पूँजीको १७५ प्रतिशत हकप्रद जारी गर्न लागेको थियो । कम्पनीले ३० करोड ५५ लाख ५१ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने योजनासहित साधारणसभा आह्वान गरेको थियो ।